No products in the cart.
अध्यक्षको प्रतिवेदन
नेपालिज असोसिएसन अफ कनेक्टिकट र रिजऊड नेपालिज सोसाइटि बीच भएको अन्तरक्रिया एवं छलफलकार्यक्रम बारे संक्षिप्त प्रतिवेदन !
यही मिति जुन, ८, २०१४ आईतबारका दिन *रिजउड नेपाली सोसाइटी*, न्यूयोर्कका अध्यक्ष श्री मोहनज्ञवालीको नेतृत्वको समहुले विषेश उद्देश्यवस नेप्लीज एशोसियसन अफ कनेक्टीकटको अनौपचारिक रुपमाआकस्मिक भ्रमण गर्नु भयो । अध्यक्षको नेत्तृत्वको सो भ्रमणलाई नेकोनका अध्यक्ष ,सचिव र संभवभएसम्मका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा स्वागत सहित एउटा अन्तरक्रिया एवं छलफल कार्यक्रमसमेत सम्पन्न गरियो ।
छलफललमा दुवै सस्था एवं सदस्यहरुको स्तरमा सम्बन्ध विस्तार, सहकार्य र संयुक्त अवसरहरुको खोजीमाकेन्द्रीत् रह्यो भने एक अर्काका अभियानहरुमा परस्पर सहयोग अभिबृद्धि गर्ने बिषयमा समेत छलफल भयो ।
रिजउड नेपाली सोसाइटी , न्यूयोर्कले संस्थाको स्वामित्वमा बहुउपोगी सास्कृतिक भवन निर्माणका लागिथालेको पहल, अभियान र अब यही महिना देखी फण्डराईजिङ्ग उद्देश्यका लागि बृहत् समारोह सहितश्रीमद्धभागवत ज्ञान महायज्ञ कार्यक्रममा सहभागी हुन नेप्लीज एशोसियसन अफ कनेक्टीकटका पदाधिकरी,यस संथाका सदस्य एवं सदस्यका परिवारहरुलाई दिनुभएको हार्दिक निमन्त्रणा सहर्ष स्वीकार गरीयो ।
पूर्वनिर्धारित र योजनाबद्ध रुपमा कार्यक्रमको आयोजना नभएकोले नेकोनका धेरै पदाधिकारी, सदस्य एवंउपस्थित हुन चाहने ठुलो समुदाय सो अन्तरक्रिया छलफल कार्यक्रममा बन्चित हुनु परेकोमा अध्यक्षको नातालेम सबैसगं क्षमाप्रर्थी छु ।
कार्यसमिति र सल्लाहकार समितिले मेरो यो संक्षिप्त प्रतिवेदनलाई अनुमोदन गरी आ-आफू अपडेट भै दिनु हुनर सो बृहत् कार्यक्रममा परिवार सहित उपयुक्त दिनमा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
साथै यस सस्थाका सम्पूर्ण सदस्यहरु तथा परिवारहरुमा जुलाई २८ देखि शुरु हुने सप्ताह ब्यापी भागवत ज्ञानमहायज्ञमा सहभागी भै धार्मिक ज्ञान प्राप्त गर्न अनुरोध पनि गर्दछु /
धन्यवाद /
घनश्याम खड्का
अध्यक्ष
नेप्लीज एशोसियसन अफ कनेक्टीकट ( नेकांन