सम्पूर्ण गतिविधीहरु

अ आ इ ई …. ( बाल कविता )

अमला अदुवाको चटनी हुन्छ |

आरू र आँप मीठो हुन्छ |

इनारभित्र पानी भरिन्छ

ईश्वर सबका मनमा हुन्छन् |

उखु धेरै गुलियो हुन्छ

ऊनको सुइटर न्यानो हुन्छ |

ऋषि ईश्वरको गर्छन् ध्यान

एक-एकले पाउन् ज्ञान |

ऐना हेरी कपाल कोर

ओखर सारो ढुंगाले फोर |

औषधि खाऊ रोग भगाऊ

अंगूर टिप्न खेतमा जाऊ

अः पढेपछि पाठ बुझाऊ ||

– लक्ष्मी ओझा