No products in the cart.
कनेक्टिकटमा दशै कार्यक्रम रमझमका साथ सम्पन्न
रघुनाथ गिरी
कनेक्टिकट,अक्टोबर २७
हिन्दुरुको महानपर्व विजयादशमीको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेका नेपालीहरु वीचशुभकामनातथाआर्शिवादआदानप्रदानगर्नुकासाथै विविधमनोरञ्जन प्रदानगर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन)ले, अक्टोबर २५ तारिख आर्इृतबारका दिनदशै कार्यक्रम २०७२ रमझमका साथ सम्पन्न गर्यो । चौराशीपुजा गरीसक्नु भएका समाजका ज्येष्ठ नागरिक नरबहादुर पोख्रेल ज्यूको प्रमुख आतिथ्य तथा सस्थाकाअध्यक्षशंकर प्रसाद ढकाल ज्युको सभापतित्वमा सम्पन्नउक्तकार्यक्रममाउल्लेखनियरुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थितीथियो । उक्तकार्यक्रममाआमा बुबाहरुबाट सहभागीलाई टीका जमरा ग्रहण, ७५ वर्ष नाघेका बुबाहरुलाई सम्मानगर्नुका साथै आमन्त्रीत र स्थानियकलाकारहरुबाट विविध सास्कृतिककार्यक्रमगरिएको थियो । उपस्थितकलाकार,जेष्ठ नागरीक तथाअतिथीलाईनिःशुल्कपासको व्यवस्थागरिएको थियो भने कार्यक्रमलाई स्थानियव्यक्तितथाव्यवसायी संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रमका सभापतिएवंम सस्थाकाअध्यक्षश्री शंकर प्रसाद ढकालले दशैको शुभकामनादिदै उपस्थिततथाकार्यक्रमका सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने सस्थाका सचिव नारायण पौडेलले स्वागतमन्तव्य राख्नुभएको थियो ।कार्यक्रमकाप्रमुखअतिथीनरबहादुर पोख्रेललेविदेशमाआएर पनि नेपालीहरु एकिकृत भएर दशै कार्यक्रम गरेकोमाहर्ष व्यक्तगर्दै आगामीवर्षहरुमापनि यस्तै कार्यक्रमहरुको निरन्तरतातथा कनेक्टिकट बासी नेपालीहरुकाएकताको कामनागर्नुभयो । कार्यक्रमको महत्व र तयारीको बारेमाप्रकाशपार्दै कार्यक्रम संयोजक हरी प्रसाद जोशीले सहयोगी संघ सस्थातथाव्यक्तिलाई सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।उक्तकार्यक्रममा सस्थाकीमहिला सल्लाहकार वसन्तान्यौपाने, समाजसेवीकृष्ण अधिकारी,अमेरीका नेपालीसमाज ब्राण्डफोर्डका अध्यक्ष रामचन्द्र रेग्मीतथा नेपाल बाट आउनुभएकाअभिभावकहरुले शुभकामनामन्तव्य राख्नुभएको थियो।उक्तकार्यक्रममा७५ वर्ष नाग्नुभएका २५ जनाबुबाहरुहरुलाई सम्मानगरिएको थियोभने कार्यक्रमको शुरुवात नेपालतथा अमरिकाको राष्ट्रिय गानबाट गरिएको थियो ।उक्तकार्यक्रमको उद्घोषणकेशवशर्मा दाहाल, राजनहुमागाई तथाविकाश रेग्मीले गर्नु भएको थियो । कार्यक्रमको बारेमाप्रतिक्रियादिदै सहभागीप्रकाश भट्टराईले औपचारीक कार्यक्रमअनावश्यकलामो भएको तर सास्कृतिककार्यक्रमएकदमै राम्रो रहेको बताउनु भयो भने अर्का सहभागी सुर्यमानश्रेष्ठले कार्यक्रमअहिले सम्मकै उत्कृठ भएको धारणा राख्नुभयो ।
कार्यक्रमको मुख्यआकर्षणको रुपमा अमेरिकन नेपालीकलाकार संघका अध्यक्षगम्भु शेपाको प्रस्तुती रहेको थियो भने चर्चित गायकगायिका सुमन बुढा र सुनिता रानामगरको लोकदोहोरीले सम्पुर्ण दर्शकलाई छमछमी नचाएको थियोे । सुदुर पश्चिमको देउडानाचप्रतिको दर्शको सहभागिताले नेपालीहरुको एकताको आभाषदिन्थ्यो ।कार्यक्रमको अर्को आकर्षणको रुपमासास्कृतिककार्यक्रमका संयोजक केशवशर्मा दाहालको समुहको स्थानियलोकदोहोरी थियो।