No products in the cart.
कनेक्टिकट चौतारी
कनेक्टिकटबासी नेपाली सम्मानित साहित्यिक सर्जकहरू !!!
जदौ!!!
कनेक्टिकट नेपाली समाज(नेकोन) को वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विगत वर्षहरूमा झैं यो वर्ष पनि प्रकाशन गरी नयाँ वर्ष २०७३ विशेष कार्यक्रममा विमोचन गर्ने सहर्ष जानकारी गराउँछु। कनेक्टिकट चौतारी हाम्रो समाजको दर्पण हो त्यसैले यो स्मारिकाको लागि यहाँहरूको सकृय साथ, सहयोग, सद्भाव, शुभेच्छा र सिर्जनाको लागि सविनम्र अनुरोध गर्दछु। यहाँहरूको सहभागिता बेगर छोटो समयमा स्मारिका निकाल्न कठीन र चुनौतिपूर्ण हुन्छ तर यसलाई एक अवसरको रूपमा लिई तन, मन, वचन, सिर्जना र कर्मद्वारा सक्दो समर्पण गरे हाम्रो स्मारिकालाई पठनीय, स्तरीय, संग्रहणीय र प्रिय बनाउन सकिन्छ। त्यसको लागि हामी सबै, विगतमा भएका कार्यक्रमहरूमा झैं एकजुट भएर लाग्न सार्वजनिक अनुरोध गर्दछु। म यो कनेक्टिकट चौतारीमा संलग्न रहेकोले पनि कनेक्टिकटबासी सम्पूर्ण साहित्य सर्जक, साहित्यानुरागी सम्मानित सबैलाई निर्धारित समयमा लेख, रचना, कथा, कविता, गीत, गजल, निवन्ध अथवा अनुसन्धानात्मक लेखहरु आदि सिर्जनाहरू पठाई दिन हुन म हार्दिक निवेदन गर्दछु।
रचना प्रकाशनका लागि केही विधिहरू बारे जानकारी गराउन चाहन्छु –
१. हाम्रा वालवच्चाहरूको रचनालाई प्रमुख स्थान दिइनेछ। उनीहरूको प्रयासलाई प्रोत्साहन गरिनेछ
२. भुटानबाट यहाँ बसोबास गर्नु भएका हाम्रा आदरणीय नेपाली आफन्त सर्जकहरूको सिर्जनालाई पनि समेट्ने प्रयास गरिनेछ। त्यसको लागि उहाँहरूको सँस्था, समाज र अग्रजहरूलाई अनुरोध गरिनेछ।
३. रचना नेपाली अथवा अंग्रेजी मध्ये कुनै एक भाषामा लेखिएको र रचना सहित पासपोर्ट साईजको फोटो र संक्षिप्त परिचयको अपेक्षा गरिन्छ।
४. नेपाल र अमेरिका कानून विपरित, देशको हित विपरीत लेखिएको रचनालाई स्थान दिइनेछैन
५. सँस्था, समाज, व्यक्ति र सँस्थाका भूतपूर्व र वर्तमान पदाधिकारीहरूलाई अपमान गर्ने, होच्याउने कुनै पनि रचनालाई स्थान दिइने छैन।
६. कुनै जात, जाति, धर्म, लिङ्ग, सम्प्रदाय, भाषाभाषीहरूको विरुद्धमा लेखिएका रचनाहरू प्रकाशन गर्न योग्य हुने छैन।
७. रचना प्रकाशन गर्न उपयुक्त छ छैन भनी निर्णय गर्ने अन्तिम र सम्पूर्ण अधिकार प्रधान सम्पादक र सम्पादक मण्डलमा रहेका पदाधिकारीहरूलाई हुनेछ।
८. रचनामा लेखिएका कुराहरुको र प्रकाशित सिर्जनामा उल्लेखित कुराहरूको सम्पूर्ण जिम्मेवारी स्वयम् लेखक हुनेछ।
९. लेख रचनाहरू फरवरी महीनासम्म नेकोनको कार्यालय, नेकोनको ईमेलमा अथवा प्रधान सम्पादकको ठेगाना वा निजको ईमेलमा टाईप गरेर, हस्तलिखित अथवा ईमेल मार्फत पठाउन सक्नु हुनेछ। फरवरी महीना पछि आएका सिर्जनालाई स्थान दिन कठीन हुनेछ।
१०. विज्ञापन, शुभकामना सन्देश राख्न हुने सम्मानित व्यवसायी र अग्रजहरूलाई सँस्था मार्फत विशेष आग्रह र अनुरोध छुट्टै र छिट्टै गरिनेछ।
सम्पादन मण्डलको नामावली:
१. राम कुमार सुबेदी, Chief Editor Ph # 860-871-0130
२. बिष्णु तिवारी- 860-817-9938
३. नर्सिला तामांग(प्रधान)
४. देवलाल मोक्तान
५. ईन्दिरा रेग्मी- 860-990-8326
६. लवदेव जोशी
धन्यवाद
राम कुमार सुबेदी
(रामअविराम)
Address
Ram Kumar Subedi
19 Stone Dr. Windsor Locks
CT 06096
Phone # 860-871-0130
email address: subedisansar@gmail.com
ramabiram@hotmail.com