सम्पूर्ण गतिविधीहरु

कानूनी जगारुकता कार्यक्रम

– लक्ष्मी बजगाईं

कनेक्टिकटको वेस्टहार्टफोर्डमा लिगल अवेरनेस कार्यक्रम सम्पन्न

नेप्लिज एसोसिएसन अफ कनेक्टिकको आयोजनामा फेब्रुअरी २३ का दिन कनेक्टिकटको वेस्ट हार्टफोर्डमा कानूनी जगारुकता कार्यक्रम  सम्मन्न भयो । अमेरिकामा आएर बसोबास गरेका नेपाली समुदायलाई पर्न सक्ने विभिन्न समस्याहरुको कानूनी समाधानका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सयजना भन्दा बढी नेपालीहरु सहभागी रहेको उक्त कार्यक्रमलाई न्यु योर्कबाट आउनु भएका कानुनविद्हरु खगेन्द्र क्षेत्री र बिनोद रोक्काले आप्रवासी समस्या लगायत अन्य समसामयिक बिषयमा जानकारी दिनुभएको थियो भने व्यक्तिगत दुर्घटना तथा चिकित्सिय अनाचारका बिषयमा कानुनविद् दुर्गा प्रसाद भुर्तेलले बृहत् जानकारी दिनुभएको थियो । उहाँहरुले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफुलाई दुर्घटना हुँदा वा अन्य समान समस्या पर्दा कसरी आफु सजग हुने र समस्याबाट जोगिने भन्ने कुराको जानकारी दिनुभयो । नेकोनका अध्यक्ष्य घनश्याम खड्काले सो कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने सो कार्यक्रमको संयोजकत्व लक्ष्मी बजगाईंले गर्नु भएको थियो । कार्यक्रम नेकोनका सदस्य नारायण पौडेलले संचालन गर्नुभएको थियो ।

संयोजक लक्ष्मी बजगाईंले लिगल अवेरनेस कार्यक्रम हामी नेपालीहरुको लागि महत्वपूर्ण तथा जानकारी मूलक कार्यक्रम भएको हुँदा कतिपय समस्याहरु समाधान गर्न सहयोग पुग्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रमका सभापति घनश्याम खड्काले लिगन अवेरनेस कार्यक्रम मार्फत् स्थानीय नेपालीहरुलाई आंशिक रूपमा भए पनि कानूनी जानकारी उपलब्ध भएकोले यसबाट सबैलाई लाभ पुग्ने बताउँदै कानुनबिद्हरुलाई कार्यक्रममा अमूल्य समय दिएर महत्वपूर्ण जानकारी दिनुभएकोमा आभार प्रकट गर्दै धन्यबाद दिनु भएको थियो ।

त्यस्तै सहभागीहरूको तर्फबाट दीपक खतिवडाले यस्ता कार्यक्रमले हामी सबैलाई लाभ पुग्ने बताउँदै कार्यक्रम अत्यन्त सफल भएको धारणा व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा तिनैजना कानुनबिद्हरु समक्ष सहभागीहरुको तर्फबाट सोधिएका जिज्ञाषाहरुको उत्तर उहाँहरुले दिनुभएको थियो । कार्यक्रमलाई नमस्ते रेस्टूरेन्टका संचालक कृष्ण कँडेल लगायत प्रमिला सुबेदी, सन्तोष  लम्साल, आनन्द खड्का, जितेन्द्र बस्नेत, केदार खतिवडा र महेश्वर पन्तले चिया नास्ताका साथै आवश्यक सामाग्री खरिद गर्न संस्थालाई नगद सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा स्वयम सेविकाको रूपमा जेनिथ राई, ममता मल्ल र मैत्रेयी सुबेदीको भूमिका प्रशंसनीय रहेको थियो I

डि. सी. नेपालमा छापिएको समाचार

प्रकाशकको नोट: पाठक वृन्द, यस कार्यक्रम एवं समाचार सम्बन्धी तपाईंको टिप्पणी भए तलको Leave a comment मा क्लिक गरी लेख्न सक्नु हुनेछ | धन्यवाद !