No products in the cart.
ट्याक्स फाइल सेमिनार सम्पन्न
नेकोन सम्बाददाता
हार्टफोर्ड, कनेक्टिकट ।
अमेरिकामा बसोबास गर्ने प्रेत्येक व्यक्तिले आफुले गरेको आय आर्जनको लगत राख्ने र त्यसको आम्दानीको कर सरकारलाई अनिवार्य रूपमा बुझाउनु पर्ने व्यवस्था आन्तरिक राजस्व सेवा ( IRS) मा स्पस्ट उल्लेख गरिएको छ । त्यसै मुताविक यहाँ बसोबास गर्ने सबैले बर्षभरिमा गरेको कमाईको कर दाखिला गरी सरकारलाई कर तिर्ने चलन छ।
ठूला साना सबै करदाताहरुबाट दाखिला भएको आम्दानी-करबाट अमेरिकी सरकारको दैनिक प्रशासन देखि विकास लगायत अन्य गरिब मुलुकहरूलाई सहयोग तथा अनुदान दिने गरिन्छ। त्यसैले अमेरिकाको मुख्य आम्दानीको स्रोत नै कर असुली भएकोले यस प्रणालीलाई सुव्यवस्थित गरिएको हुन्छ। हरेक बर्ष जनवरी १ देखि डिसेम्बर ३१ सम्मको बिभिन्न पेशाबाट गरिएको आम्दानीको निश्चित प्रतिशत रकम करको रुपमा स्थानीय र फेडेरल गरि दुबै निकायले हरेक ब्यक्ति सङ्ग कर लिईरहेको हुन्छ। सो रकम घटी बढी के कति लिईएको छ भनी पुनरावलोकन गरि घटी तिरेको भए थप रकम तिर्ने र बढी तिरेको भए फिर्ता गर्ने गरिन्छ भने निम्न आय हुनेहरुलाई अमेरिकी कानुनअनुसारको स्ट्यान्डर्ड जीवनस्तर निर्वाह गर्न चाहिने आवश्यक रकम थप गरी फिर्ता दिने गरिन्छ ।
नेप्लिज असोसियसन अफ कनेक्तिकटले पनि आफ्नो सदस्यहरुको लागी ट्याक्स फाइलिङ सम्बन्धी जानकारी गराउने र सुबिधा प्रदान गर्ने उद्देश्यले कर असुली तथा तयारीकर्ता विशेषज्ञ श्री रन्जित कोइरालाको अगुवाइमा भर्खरै जनवरी ३१ , २०१५ मा ” २०१४ ट्याक्स फिर्ता सम्बन्धि सेमिनार” गरेको थियो।
करिब ५०/६० जनाको उपस्थिति रहेको उक्त सेमिनारले यस समाजको सद्स्यहरुलाई कर दाखिला गर्नको लागि स्थानीय र फेडेरल करको बारेमा बिस्तृत जानकारी प्रदान गरेको थियो भने ब्यक्तिगत , पेशागत र ब्यापार ब्याबसाय बाट कर छुट वा सुबिधाहरु कानुनसम्मत के कस्ता दाबी गर्न सकिन्छ भन्ने जानकरी प्रदान गरिएको थियो। कर दाखिला तयारी बिज्ञ श्री रन्जित कोइराला र उहाँको समूहले नेकोनका लागी स्वयम सेवा (Volunteer service ) को रुपमा नेकोनका सदस्यहरुलाई यो सुबिधा दिई सहयोग पुर्याईरहनु भएको छ। उहाँको यस कदम र योगदानको नेकोनले सदैब कदर गर्दै प्रशंशा गरेको छ।
नेकोनको यस कदमको कनेक्टिकट भरिका नेपाली समाजमा सह्राहना गरिएको छ।