सम्पूर्ण गतिविधीहरु

देउसी भैलोका सहभागी तथा सहयोगीहरुमा धन्यवाद !

आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु,

नेप्लिज असोसिएसन अफ कनेक्टिकट (नेकोन) को आयोजनामा भर्खरै “देउसी भैलो २०१४” को कार्यक्रम सम्पन्न भएको छ। नेकोनले प्रत्येक वर्षको दीपावली अर्थात् तिहारको पावन अवसरमा खेलिने देउसी भैलोलाई यसपालि पनि कनेक्टिकटका विभिन्न शहरहरुमा बसोबास गर्नु भएका नेकोनका सदस्यहरूका घर-आँगनमा देउसी भैलो खेल्दै नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिएको छ। यो कनेक्टिकटवासी नेपाली समाजप्रतिको नेकोनको अहम् दायित्व हो भने हाम्रा राष्ट्रिय चाड एवं संस्कृतिप्रतिको झुकाव र आदरभाव हो जसलाई हामी विश्वको जुनसुकै कुनामा गएपनि भुल्न सक्दैनौं ।

आदरणीय महानुभावहरु, देउसी खेल्ने कार्यक्रम नेकोनकोलागि नेपाली समुदायमा आफ्नो मौलिकता र संस्कृतिलाई जीवन्तता र निरंतरता दिनुपर्ने कर्तव्य एकातिर छ भने अर्कातिर यो आर्थिक संकलनको मेरुदण्डको रूपमा रहेको छ । देउसी कार्यक्रम संचालन र ब्यबस्थापन गर्न आफैंमा कठिन कार्य हो । साधनस्रोत, प्रविधि र दक्ष प्राबिधिक तथा निपूण कलाकारहरूको कर्तव्यनिष्ठता तथा कडा परिश्रमले यस कठिन कार्यलाई पनि सहज  तुल्याएको छ | यस महत्त्वपूर्ण कार्यक्रम सफल बनाउन धेरै साथीहरुले विभिन्न क्षेत्रमा गरिमामय योगदान पुर्याउनु भएको छ जसकोलागि उहाँहरुलाई विशेष धन्यवाद नदिईकन रहन सकिन्न। साउन्ड सिस्टम् र श्रब्य दृश्यको पूर्ण छायांकन गरिदिने सस्थाका वेब तथा मिडिया उप-समितिका संयोजक श्री गोपाल गौतम तथा सदस्य श्री रघु गिरी, गितारको सुमधुर तरंगमा सबैलाई मन्त्रमुग्ध बनाउने कलाकार एवं सस्थाका सह-सचिव श्री रोमी योन्जन, मादलको तालमा सबैलाई नचाउन सफल कलाकारको रुपमा संस्थाका सचिव श्री जय कुमार राई , किबोर्डमा निपूण बाल कलाकार सुश्री जेनिथ राई र उनलई  साथदिने सुश्री ममता मल्ल , आर्या गौतम र अनुरागी खड्का अनि जोजो राईलाई नेकोनको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।

देउसीमा सबैभन्दा गहन र नायकको भूमिका भट्याउनेको रहेको हुन्छ। अति सुमधुर, लयबद्ध र कर्णप्रिय स्वरका धनी दाहाल बन्धुहरुको प्रशंसा नगरी रहन सकिन्न।  पूर्वीय लोकभाका देखि  सुदुर पश्चिमाञ्चलको झ्याम्म-झ्याम्म सम्मका गीतलाई लय र तालमा देउसी भट्याएर दर्शकको मन जित्न सफल कलाकारहरूमा संस्थाका कोषाध्यक्ष श्री अर्जुन दाहाल , संस्थाकै कार्यसमिति सदस्य श्री केशव  शर्मा दाहाल एवं सदस्य श्री अभिचन्द्र दाहाललाई विशेष धन्यवाद दिन चाहान्छु । नेकोनको देउसी भैलोलाई सफल तुल्याउने कार्यक्रममा नियमित रुपमा सहभागी हुनुहुने कार्य समितिका सबै पदाधिकारीहरू, सल्लाहकारहरु श्री सन्तोष लम्साल , श्री कृष्ण अधिकारी , श्री गणेश अर्याल , उप-समितिका पदाधिकारी श्री प्रल्हाद पनेरु , पूर्व कोषाध्यक्ष श्री जितेन्द्र बस्नेत साथै सदस्य श्री मोहन कार्की ,श्री कृष्ण रिमाल , श्री राजन तिमिल्सिना, श्री जित बहादुर राई, श्रीमती चम्पा राई,   श्री राम ओझा श्री शंकर प्रसाद ढकाल , श्रीमती कविता अधिकारी, श्री केदार खतिवडा श्रीमती तुलसा खतिवडा, लगायत देउसी भैलोमा साथ र सहयोग दिने तमाम महानुभाव मित्रहरूमा नेकोनको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु। त्यसैगरी देउसी खेल्नको लागि घरमुली चयन गर्दै उक्त  घरमा अन्य सदस्य परिवारहरुलाइ आमन्त्रण गर्ने ब्यबस्था मिलाउने ब्यबस्थापन समितिका संयोजक सस्थाका उपाध्यक्ष श्री तेजेश विक्रम मल्ललाई कुशल ब्यबस्थापन कोलागि  धन्यवाद व्यक्त  गर्दछु ।

अन्तमा नेकोनका सम्पूर्ण सदस्य महानुभावहरुलाई देउसी खेल्न आ-आफ्नो निवास उपलब्ध गराएर सहयोग गरिदिनु  भएकोमा  हृदयदेखि नै धन्यवाद दिन चाहन्छु | आगामी दिनहरुमा पनि नेकोनको व्यानर मुनि रहेर गरिने हरेक कार्यक्रममा यहाँहरुको सहयोग , सहभागिता ,सल्लाह र ऐक्यबद्धताको अपेक्षा राख्दछु।

धन्यवाद ।

 

भवदीय,

घनश्याम खड्का

अध्यक्ष नेकोन कार्यसमिति

वेस्ट हार्टफोर्ड, कनेक्टिकट।