सम्पूर्ण गतिविधीहरु

धन्यवाद!

मितिः ०८/१८/२०१४
दिक्षान्त समारोह २०१४ का सहभागी एवं दीक्षित महानुभावहरुलाई हार्दिक धन्यबाद ।

यही अगष्ट १६, २०१४ का दिन कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपाली समुदायका हाईस्कुल, कलेज , र मास्टर्स तहका उच्च शिक्षा सम्पन्न गरी दीक्षित भएको उपलक्ष्यमा  नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकाँन) ले आयोजना गरेको ” विद्यार्थी सम्मान समारोह २०१४” मा सहभागीहुनु भएका सम्पूर्ण अभिभावक महानुभावहरु र सबै दीक्षित विद्यार्थी  भाइबहिनीहरुलाई बधाई सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

नेकाँनले नेपाली समुदायका अविभावकहरुको भावनाको पनि प्रतिनिधित्व गर्ने भएकोले उच्च शिक्षा प्राप्त गरेका आफ्ना सन्ततिको सम्मानले थप प्रोत्साहन मिल्नेछ भन्ने अभिप्रायले नेकोनले अभिभावाकहरुलाई पनि यस कार्यक्रममा सम्मिलितगरेको थियो जसले गर्दा नयाँ पिंढीलाई अझ प्रेरणा मिल्दछ । अमेरीकी समाजमा शिक्षाको ठूलो महत्व छ । उच्च शिक्षा सम्म अध्ययन गर्ने वातावरण पाउनु अविभावक र भाइबहिनी सबैको लागि गर्वको कुरा हो ।

दीक्षान्त समारोहमा सन् २०१२, २०१३ र २०१४ मा केनेक्टीकट राज्यमा बसोबास गर्ने हाईस्कुल, स्नातक र स्नातकोत्तर तहको उच्च शिक्षा प्राप्त गर्ने ५७ जना भाइबहिनीहरुलाई यस बर्ष प्रशंसा-पत्र सहित सम्मान गर्दै थप हौसला सहित उत्तरोत्तर प्रगतिको कामना गरियो ।
नेकाँनद्वारा आयोजित उक्त कार्यक्रममा दीक्षान्त सम्मान-पत्र प्रदान गर्न इस्टर्न कनेक्टिकट स्टेट युनिवर्सिटिका प्रा. हरि कोइराला र युनिभर्सिटि अफ न्यु हेवेनका प्रा.कमल उपाध्यायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु. I

यस कार्यक्रमका आयोजक कमिटि, संयोजक तथा स्थान व्यवस्थापन गर्ने सबै मित्रहरु धन्यबादका पात्र हुनुहुन्छ एवं यो कार्यक्रम सफल बनाउन प्रत्यक्ष एवं परोक्ष सहयोग गर्नुहुने सबै महानुभावहरुलाई नेकाँन परिवार हृदयको गहिराईबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

अन्त्यमा, आगामी दिनमा यहाँहरुबाट यस्तै ऐक्यबद्धता, आत्मीयता र सहयोगको अपेक्षा गर्दछु ।

घनश्याम खड्का
अध्यक्ष
नेप्लीज एशोशियसन अफ कनेक्टीकट (नेकाँन)