सम्पूर्ण गतिविधीहरु

धन्यवाद मन्तव्य

आदरणीय प्रमुख अतिथी श्रीमती डा.बिध्या रन्जित ज्यु, 
उपस्थित गन्यमान्य महानुभावहरु तथा अभिभावक ज्युहरु र बिध्यार्थी भाइबहिनीहरुमा हार्दिकताकासाथ मेरो न्यानो अभिवादन।
साथै आजको यस बर्षको गृष्मकालिन भाषा कक्षाको  समापन समारोहमा नेकोनको बिशेष आतिथ्य स्विकार्दै पाल्नु हुने डा. बिध्या रन्जित ज्यु तथा उपस्थित हुनुहुने सबै अभिभावकज्युहरु , नेकोनका सम्पुर्ण पदाधिकारीहरु र सल्लाहकारज्युहरु साथै विभिन्न उप समितिका पदाधिकारीहरु लाइ र सबै बिध्यार्थी भाइबहिनीहरुलाइ यहाँ स्वागत गर्न पाउदा अत्यन्त खुसी ब्यक्त गर्दै धन्यबाद दिन चाहन्छु।
नेकोनले औपचारिक रुपमा सन् २०१२ देखी हामी नेपालीहरुको पहिचान र आफ्नो भाषा , सस्कृती र परम्परालाइ दुरुस्त र  जिवन्त राख्ने पबित्र  उद्धेश्यका साथ यो नेपाली भाषा स्कुल संचालन गरि हाम्रा नानीहरूलाइ भाषा सिकाइदै आयको कुरा यहाँहरुलाइ अवगतै छ ।
यसरी नेकोनले ससाना हाम्रा नानीहरूलाइ नेपाली भाषाको ज्ञान दिने उद्धेश्यले सन्चालन गरेको पनि औपचारिक रुपमा तेस्रो बर्ष भए पनि अनौपचारिक रुपमा यो चौथो बर्षको समापन समारोह भन्न म रुचाउछु। जुन सन् 2011 मा शिक्षिका रेखा गौतम र उहाँकै सहयोगिहरुले केहि उत्साहित बच्चाहरूलाई जम्मा गरि न्युनतम श्रोत साधनबाट भाषा कक्षाको शुरूवात आफ्नै घरबाट गर्नु भएको थियो। 
नेकोनको यो “गृष्मकालिन नेपाली भाषा पाठशाला” एउटा सानो कोठाबाट शुरु भएर अहिलेको रुपमा आइपुगिसक्दा धेरै साथीहरूको योगदानको कदर गर्नुपर्ने हुन्छ।
सर्बप्रथम रमेश केसि जिले 2009/10 तिर हामीले यहाँका नानिहरुलाइ पनि नेपाली भाषा सिकाउनु पर्छ  तेस्को लागी मसग केहि पाठ्यक्रमका सामग्रीहरु छन नपुग सामग्रेहरु किनौला , लौ शुरु गरौ भन्नु भयो। तत्कालीन अध्यक्ष सन्तोश लम्साल ज्युले कार्यसमितिमा छल्फल गर्नु पनि भयो तर स्रोत र साधनको अभावको कारणले गर्न सकिएन तर कार्यसमितिमा बसेका साथिहरुको र नेकोनका सदस्यहरुको मनमा भने यो टड्कारो आबस्यक्ताको रुपमा खट्किरहेको थियो जुन 2011 मा रेखा गौतम ज्युको अथक प्रयास र सम्योजनमा घरको बेसमेन्ट्बाट शुरु गरिसके पछी 2012 देखी स्कुलको रूपमा जय कुमार राइ जिको कुशल सम्योजकत्वमा सन्चालनमा आयो। पहिल्यै सालमा आशातित सफलता पाइसकेको भाषा कक्षाले 2013 मा अर्जुन दाहालको सम्योजनमा गोपाल गौतम , रेखा गौतम, रिता मिस, जय राई , रमेश केसि लगायतका  शिक्षक शिक्षिकाहरुको कडा मेहनत र समर्पणले 48 जना बिधार्थीहरुले नेपाली भाषाको ज्ञान पाएका थिए ।
र यो तेस्रो बर्ष हाम्रो लागि झनै चुनौतीपुर्ण रह्यो। किनभने अर्जुन दाहालजिले आफ्नो कार्य ब्यस्तताको  कारणले निरन्तरता दिन असमर्थता जनाए पछि हामीसग रचनात्मक र सिर्जनशील सम्योजकको खोजि गर्ने जिम्मेवारी आयो जस्ले नेकोनको यो कार्यक्रमलाई एउटा “दीर्घकालीन  परियोजना ” कै रूपमा लैजान सक्ने र यसको कुसल ब्यबस्थापन गर्न सक्ने योग्यता र क्षमताको ब्याक्तित्वको खोजीमा थियौ जस्मा हामीले सस्थाकै Executive Member राज कुमार श्रेष्ठलाई उपयुक्त ठान्दै सम्योजकको सम्पुर्ण जिम्मेवारी दियौं।
उहाँकै सम्योजनमा एउटा प्रगतिशील र कार्यकौशलले निपुण स्कुल ब्यबस्थापन समिति बन्यो जस्मा हुनुहुन्छ १. रमेश केसि २.शिब न्यौपाने,३. रमेश पाठक, ४. माधब आत्रेय र ५. ………….
उहाँहरूको तन मन बचन र धनले पुर्याउनु भएको योगदानको लागी नेकोनको अध्यक्षको हैसियतले हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।
ब्यवस्थापन पक्ष राम्रो हुदाहुदै पनि यदि शिक्षक शिक्षिका योग्य र शिपालु भएनन भने बिध्यार्थीहरुले राम्रोसँग लेख पढ् गर्न सक्ने छैनन् र नतिजा सोचेको जस्तो नहोला भनेर नै योग्य शिक्षक र शिक्षिकाहरुमा मिलन श्रेष्ठ , राम कुमार सुबेदी ,   लक्ष्मी ओझा सहित Head Master को रुपमा गोपाल गौतमलाई चैन गरिएको थियो। उहाँहरुको अध्यापनको अथक प्रयास र मेहनतले बिध्यार्थी भाइबहिनीहरुले आज हाम्रो नेपाली भाषा , सस्कृती ,सस्कार ,परम्परा र नेपालको बारेमा धेरै कुराहरु जान्न, सुन्न र सिक्न सकेका छन। 
परिणाम फलदायी निस्केको कुरामा हामी सबै बिस्वस्थ छौ । त्यसैले यो अत्यन्त गौरब गर्ने क्षण हो भन्ने मलाइ लागेको छ । 
यि कर्यब्य परायण शिक्षक शिक्षिकाहरुलाइ नेकोनको तर्फबाट हृदयदेखि अत्यन्त सम्मानका साथ धन्यवाद दिन चाहन्छु।
पाठ्यक्रम बनाउन र पाठ्य सामग्रीहरु तयार गर्न सहयोग गर्नुहुने सस्थाका निबर्तमान प्रमुख सल्लाहकार डा. गान्धी राज भट्टराई , जय कुमार राई, रमेश केसी , रमेश पाठक, शिव न्यौपाने तथा सम्योजक राज कुमार श्रेष्ठ लाइ बिशेश धन्यवाद दिन चाहन्छु ।
आ-आफ्नो छोरा छोरीहरुलाइ नेपाली भाषाको अध्ययन गर्न नेकोनद्वारा संचालित “गृष्मकालिन नेपाली भाषा पाठशाला ” मा पठाइ सहयोग गर्नुहुने सम्पुर्ण जिम्मेवार अभिभवक ज्युहरुलाइ हार्दिक धन्यवाद दिन चाहन्छु ।
यस महान अभियानलाइ सम्पन्न र आर्थिक हिसाबले सफल गर्न गराउन सहयोग गर्नुहुने सम्पुर्ण चन्दादाताहरुलाइ नेकोनको कार्य समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।।।
घनश्याम खड्का 
अध्यक्ष ।
 
 
नेकोनको कार्यकारी समितिको तर्फबाट