सम्पूर्ण गतिविधीहरु

नेकोन (यु.एस.ए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

डिसेम्वर २१, २०२० ।। धन लामा, कनेक्टिकट

कनेक्टिकट नेपाली समाज नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा डिसेम्वर २०, २०२० का दिन हाल कोभिड-१९ महामारीका कारण भौतिक रुपमा संचालन गर्न असहज रहेको परिस्थितिमा भर्चुअल जुम प्रविधी मार्फत सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारण सभामा सँस्थाका प्रमुख सल्लहाकार अशोक श्रीवास्तावले भौतिक रुपमा नै उपस्थित भएर आसन ग्रहण गर्नु भएको थियो भने, कार्यक्रम स्थलमा भौतिक दुरी कायम गर्दै सँस्थाका उपाध्यक्ष जयकुमार राईले भर्चुअल रुपमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रगति विवरण, कार्यवाहक कोषाध्यक्ष कुलदीप अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र संस्थाका सचिव भद्र राईले प्रस्तुत गर्नु भएको संस्थाको स्वामित्वमा रहेको जिन्सी समानहरुको विवरण भेलाले सामान्य संशोधन सहित पारित गरेको थियो । त्यस्तै गरी सँस्थाको बहुउदेश्यीय साँस्कृतिक भवन बनाउने अभियानको लागि गठित नेकोन बोर्ड अफ ट्रस्टिजका अध्यक्ष राजकुमार श्रेष्ठले बोर्डको नियमावली र कार्यविधि सँस्थाको विधानसँग नबाझिने गरि समयानुकुल संसोधन गर्ने विषयमा साधारण सभामा उपस्थित सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिका अध्यक्ष नरेन्द्र देव पन्तले नव निर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए पश्चात नवनिर्वाचित अध्यक्षले सम्पूर्ण निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईसकेपछि निर्वाचन समितिका अध्यक्ष नरेन्द्र देव पन्तले नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो । सँस्थाका वर्तमान अध्यक्ष जितेन्द्र बस्नेतले नवनिर्वाचित अध्यक्षलाई औपचारिक रुपमा पद तथा सम्पूर्ण कार्यभार हस्तान्तरण गर्दै समापन गर्नु भएको भर्चुअल साधारण सभामा सँस्थाका सहसचिव रविन तुम्वाहाम्फेले नवनिर्वाचित पधाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सँस्थाका नवनिर्वाचित अध्यक्ष नारायण पौडेलले वर्तमान अध्यक्ष र कार्यसमितिलाई संस्थाले सुम्पेको कार्यभार सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस्तै गरि कार्यक्रममा सँस्थाका प्रमुख सल्लाहकार अशोक श्रीवास्तव र मिडिया कोअर्डिनेटर धन लामाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव भद्र राईले गर्नु भएको थियो भने, प्रविधी संयोजनको जिम्मेवारी संस्थाका मिडिया कोअर्डिनेटर धन लामाले गर्नु भएको थियो । निर्विरोध निर्वाचित नेकोन (युयसए) का नयाँ पदाधिकारीहरु निम्नानुसार छन्: अध्यक्ष – नारायण पौडेल, उपाध्यक्ष – रघुनाथ गिरी, सचिव – राजन तिम्सिना, कोषाध्यक्ष – कुलदिप अधिकारी, सह सचिव – बालकृष्ण कार्की, सह कोषाध्यक्ष – संजय पन्त, युवा संयोजक- बिधान अधिकारी, भाषा-शिक्षा संयोजक– दिपेश भट्ट, महिला सयोजक – सानु्माया महर्जन, सदस्य- रिंकु श्रेष्ठ । समाचार बनाएको छु हेर्नु होला ।