No products in the cart.
ग्रिष्मकालीन नेपाली भाषा कक्षा प्रारम्भ
वेष्ट हार्टफोर्ड, कनेक्टिकट, जुन २१, २०१४ ।
नेप्लिज एसोशिएसन अफ कनेक्टिकटको ग्रिष्मकालीन नेपाली भाषा कक्षा जुन २१ तारिखदेखी प्रारम्भ भएको छ । भाषा कक्षामा अहिलेसम्म ३३ जना साना साना बालबालिकाहरु भर्ना भईसकेका छन् भने ४ जना शिक्षक शिक्षिकाहरुले नेपाली भाषा र संस्कृतिको प्रशिक्षण दिनुहुनेछ । शिक्षक शिक्षिकाहरुमा गोपाल गौतम, लक्ष्मी ओझा, राम सुवेदी र मिलन श्रेष्ठ रहनु भएको छ ।
श्री घनश्याम खड्काज्यूले यस भाषा कार्यक्रमलाई तेस्रो वर्षमा पनि निरन्तरता दिनसकेकोमा सबै सदस्यहरुलाई धन्यवाद दिंदै यसलाई सधैं निरन्तरता दिने प्रयास जारिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यस्तै यो कार्यक्रमलाई नयाँपन दिईएको, भाषा र संस्कृतिको शिक्षण विधिलाई आधुनिकीकरण गरिएको, र शिक्षक शिक्षिकाहरुको कार्य सम्पादनको मुल्यांकन जस्ता कुराहरुमा प्रकाश पार्दै यस वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाको लोगो र कार्यक्रमको नाम लेखिएको टि(शर्ट विद्द्यार्थी बालबालिकाहरु र शिक्षक शिक्षिकाहरुलाई निशुल्क वितरण गरिएको थियो ।
सो कार्यक्रम अन्तर्गत राखिएको प्रवचन कार्यक्रममा युनिभर्सिटी अफ कनेक्टिकटबाट डा. श्री हरि कोइराला र संस्थाका प्रमुख सल्लाहकार श्री गान्धी भट्टराईज्युले प्रवासमा हाम्रो नेपाली भाषा तथा संस्क्रिती सम्बन्धी कार्यक्रमको महत्व वारे प्रकाश पार्नुभएको थियो भने यस सम्बन्धमा अन्तरकृया कार्यक्रम पनि राखिएको थियो।
व्यवस्थापना समितीका संयोजक श्री राज श्रेष्ठज्यूले शिक्षक शिक्षिकाहरुलाई अगाडि ल्याइ सम्मान गर्नुका साथै व्यवस्थापन समितीका सदस्यहरुलाई परिचय गराउनुभएको थियो । यो कार्यक्रम जुन २१ देखी सेप्टेम्बर २० सम्म संचालन हुनेछ ।
व्यवस्थापना समितीमा संयोजक राज कुमार श्रेष्ठका साथै सदस्यहरुमा गोपाल गौतम, रमेश के सी, रमेश पाठक, शिव न्यौपाने र माधव आत्रेय रहनुभएको छ।