सम्पूर्ण गतिविधीहरु

प्रेस विज्ञप्ति

मिति जुलाई २९ , २०१४

वेस्ट हार्टफोर्ड, कनेक्टिकट

नेप्लीज एसोशियसन अफ कनेक्टीकट (नेकोन) ले कनेक्टीकटमा संस्थाको आफ्नै स्वामित्वमा बन्ने बहुउद्देश्शीय सांस्कृतिक केन्द्रको निर्माणको लागि सम्भावना अध्ययन कार्यको  थालनी गरेको छ । नेकोनका सदस्य श्री नरेन्द्र रंजीतको संयोजकत्वमा १० सदस्यीय सम्भावना अध्ययन समितिको चयन गरी  यही  जुलाई २७ मा यस समितिका सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै कार्य सम्पादन गर्न पत्र प्रदान गरिएको   छ। समितिमा श्री संतोष लम्साल, श्री प्रमोद पाण्डे, श्री अशोक श्रीवास्तव, श्री रुपेश पराजुली, श्री पदम भारती, श्री नारद अधिकारी, श्री रमेश केसी, श्री राजेश कार्की र श्री गौरिश्वर शर्मा सदस्य रहनु भएको छ ।

यस समितिलाई  स्फुर्त रुपमा कार्य गर्न सहज र सरल होस् भन्नका लागि कनेक्टिकट राज्यको सबै क्षेत्रलाई  समेट्ने गरी  प्रतिनिधिहरुको  चयन गरिएको छ भने अध्ययन कार्य बस्तुगत र सार्थक बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत समाबेश गरिएको छ । 

नेकोन कार्यसमिति,सल्लाहकार समिति , यसका विभिन्न उपसमितिहरु र बहुउद्देश्शीय सांस्कृतिक केन्द्र निर्माण  सम्भावना अध्ययन समितिका बीच यही जुलाई २७, २०१४ मा एक कार्यक्रमको आयोजना गरी  ब्यापक छलफल समेत सम्पन्न भयो । भवन निर्माणको सम्भावना अध्ययनको क्षेत्र वेस्ट हार्टफोर्डको केन स्ट्रीटलाई केन्द्रविन्दू  मानेर १० माईल परिधि भित्र उपयुक्त स्थानको खोजी गर्ने निधि गरिएको छ । प्राथमिकताका क्षेत्रहरुमा,वेस्ट हार्टफोर्ड , हार्टफोर्ड , निविङ्गटन, फ़ार्मिङ्टन र विण्ड्सरलाई चयन गरिएको छ । नेकोन कार्यसमितिले अध्ययन समितिलाई  भवन निर्माणको लागि आवश्यक जग्गा वा तयारी भवनको खरिद मध्ये उचित जांच परिणामलाई यही अगष्ट १ तारिखबाट ३ महिना भित्र नेकोन कार्यसमिति मा प्रतिवेदन  बुझाउने गरी जिम्मेवारी प्रदान गरेको  छ । त्यसपछि नेकोन कार्यसमितिले आवश्यक अर्थ संकलनको अभियान एवं अन्य सहायक  कार्यक्रमहरु अघि बढाउने छ ।

नेकोनको मूल नारा “हामीले नगलाई  कसले गर्ने, अहिले नगरे कहिले गर्ने , हामीले चाहे धेरै गर्न सक्छौ” लाई  सार्थक र सफल बनाउन नेप्लिज एसोसिएसन  अफ कनेक्टिकट सम्पूर्ण कनेक्टिकटबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछ ।

भवदीय, 

जय कुमार राई

सचिव

नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकोन)

डी.सी. नेपालमा छापिएको प्रेस विज्ञप्ति

जनपुकार.काममा छापिएको समाचार