No products in the cart.
बहु उद्देश्यीय साँस्कृतिक भवन निर्माण छलफल कार्यक्रम
मार्च ९, २०१४
हार्टफोर्ड I
नेपाली कला, संस्कृति एवं भाषा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको आयोजनामा वृहत् छलफल कार्यक्रम सम्पन्न भयो | कार्यक्रम संस्थाका अध्यक्ष श्री घनश्याम खड्का को अध्यक्षतामा सम्पन्न भयो भने छलफलमा कार्यसमितिका पदाधिकारी, साधारण सदस्य लगायत हिन्दु सेवा समाज, नेप्लिज सोसाइटी इन अमेरिका, भुटानी समाज लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो | छलफलले विस्तृत प्रस्तावना तयार पर्नु पर्ने, तत्काल अध्ययन समिति गठन अन्य समान प्रकृतिका संस्थाहरुको अध्ययन भ्रमण गर्नुपर्ने र भवन पूर्णतया मौलिक नेपाली पन झल्कने, अध्ययन अध्यापनका निम्ति अनुकूल, व्यवसायिक प्रयोजनमा लगाउन मिल्ने किसिमले बनाउनु पर्ने निष्कर्ष निकालिएको थियो |
यसरी नेकोनको पहलमा वहुउद्देश्यीय संस्कृतिक श्रोत केन्द्रको अवधाराना सह्रानीय भएको कुरा सबै वक्ताहरुबाट आफ्नो र आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने कुरा अभिव्यक्त गरिएको थियो | उक्त परियोजना महत्वाकांक्षी भएकोले कनेक्टिकट बाहिरका नेपालीहरुको पनि सहयोग लिनुपर्ने कुरा छलफलमा समावेश थियो | नेकोनको भवन अत्यावश्यक रहेको कुरा व्यक्तगर्दै अध्यक्ष खड्काले उक्त भवन धार्मिक तथा पारिवारिक प्रयोजनको लागि , ऐक्यवद्धता तथा सामन्जस्यता स्थापना गर्नकोलागि महत्वपूर्ण हुने कुरा व्यक्त गर्नु भयो |
नेकोनका वर्तमान प्रमुख सल्लाहकार डा. गान्धीराज भट्टराईले सम्भावित समस्या र अपनाउनु पर्ने सावधानीको विषयमा सचेत गराउनु भएको थियो | नेकोनका वर्तमान सल्लाहकार श्री सन्तोष लम्सालले भवन निर्माण गर्नु भावी पिंढीको लागि हाम्रो दायित्व भएको कुरा व्यक्त गर्नु भयो | नेकोनका सल्लाहकार श्री कृष्ण अधिकारीले परियोजनाको लागि व्यापक अध्यनको अवश्यकता औंल्याउनु भयो | लामो समयलाग्ने भएकोले कत्ति ढिलो नगरी कार्य थाल्नु पर्ने धारणा प्रा. हरि कोइरालाको रहेको थियो | डा. विद्या रंजितले “हामीले नगरे कल्ले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने उदगारलाई मूल मन्त्रको रूपमा लिनु पर्ने बताउनु भयो | डा. भारत भट्टराईले सम्पूर्ण कनेक्टिकट वासीलाई पायक पर्ने ठाउँमा संस्कृतिक श्रोत केन्द्रको निर्माण हुनुपर्ने बताउनु भयो | अर्का वक्ता श्री रमेश के. सी. ले वालवालिकालाई केन्द्रविन्दु मानेर परियोजना अघि बढाउनु पर्ने बताउनु भयो | अर्का वक्ता श्री नविन क्षेत्रीले परियोजना अघि बढाउन प्रशिक्षक नियुक्त गर्नुपर्ने धारणा राख्नु भयो नेप्लिज सोसाइटी इन अमेरिकाका गौरिश्वर शर्माले परियोजनालाई विभिन्न माध्यमबाट अघि बढाउनु पर्ने धारणा राख्नु भयो| मुसाको जत्रो हैन हात्तिको जत्रो छाती बनाउनु पर्ने धारणा श्री शंकर ढकालको थियो| भुटानी समाजका श्री रुप भारती तथा प्रमोद भारतीले परियोजनालाई सानो रूपबाट आरम्भ गर्नु पर्ने विचार प्रकट गर्नु भयो | हिन्दू सनातन सेवा समितिका श्री नारद अधिकारीले भाषा, संस्कृति र संस्कार समेटिनु जरुरी भएको कुरा व्यक्त गर्नु भयो भने अर्का वक्ता हरि खनालले स्थानीय निकायको सहयोगको निम्ति हात फैलाउनु पर्ने राय दिनु भयो | श्री प्रह्लाद पनेरुले निर्माणको लागि दिगो दाताहरुको खोजी गरिनुपर्ने सुझाव दिनुभयो | श्री यादव दुलालले नेकोनको यस ऐतिहसिक कदमलाई आफ्नो पूर्ण समर्थन र सहयोग रहेको कुरा व्यक्त गर्नु भयो | श्री अशोक श्रीवास्तव तथा रुपेश पराजुलीले समयको पाबन्दीलाई ख्याल राखेर अघिबढे अवश्यमेव सफलता हात लाग्ने विचार व्यक्त गर्नु भयो | श्री रघु गिरीले संस्कृतिक श्रोत केन्द्र नेपाली पनले ओतप्रोत भएको हुनुपर्ने धारणा राख्नु भयो |
अन्त्यमा श्री खड्काले प्रस्तावित नामावलीलाई कार्यसमितिको वैठकले अनुमोदन गर्नुकासाथै संयोजकको चयन गर्ने कुरा व्यक्त गर्दै उपस्थित सबैलाई सहभागिता तथा ठोस विचारको लागि आभार व्यक्त गर्नु भएको थियो |