No products in the cart.
बाल गीत
किताबका पानामा अक्षरका ताँती
अक्षर मिली शब्द बन्छ, पढौं सबले साथी ।
पहिलो पाना कबिता दोस्रो पाना कथा
कथा पढ्दा कालुको, मख्ख भएँ म त ।
अर्को एउटा पानामा देखें घरको चित्र
सोधें मैले बाबालाई, के छ घर भित्र ।
जती पढ्यो उति पढौं किताबका कुरा
ज्ञानको भण्डार असिमित, हुन्न कहिल्यई पूरा
किताब नै पानस रहिछ बाल्ने ज्ञानको ज्योति
किताब ढोगी भन्नुँ सबले , जय सरस्वती ।
– अर्जुन दाहाल