No products in the cart.
यसपटकको भाषा शिक्षणमा…
08.11.2012
आजको कक्षाको अवलोकन गर्दा नेपाली पाठशालाले पर्याप्त सफलता प्राप्त गरेको आभाष मिलेको छ. हाम्रो उद्देश्य पनि यही हो. यसको श्रेय यस कार्यमा संलग्न सबैलाई जान्छ.
श्री जय कुमार राईले नेपाली लोक बाजा शिर्षकमा अतिरिक्त कक्षा संचलान गर्नु भएको थियो. नेपाली संस्कृतिमा बाजा अपरिहार्य छ. अझ भन्नु पर्दा नेपाली बाजा हाम्रो दैनिक जीवनमा जन्म देखि मृत्यु सम्मको अभिन्न अंगको रूपमा रहेको हुन्छ. अनुसन्धानद्वारा नेपालमा लगभग २०० मूल बाजाहरूको विकास भएको पाईन्छ भने १०८ बाजाहरु अझै प्रचलनमा रहेको पाइन्छ. पांचजनाको टोलीले बजाइने बाजा को नाम पन्चे बाजा हो. जसमा सहनाई, दमाहा, ट्याम्को, नरसिङ्ह र झ्याली पर्दछन् . श्री राईले नेपाली बाजाको पहिचान र उपयोगिताको बारेमा पुस्तिका मार्फत् स्पष्ट परेको प्रतीत हुन्छ.
यस पटक विद्यार्थीहरुको खाजाकोलागि श्रीमती तुलसा खतिवडा र श्री पुष्प दाहालले सहयोग गर्नु भएको थियो.