सम्पूर्ण गतिविधीहरु

वार्षिक साधारण सभा – २०१३

आदरणीय सदस्यज्यू  ,

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको कार्यकारी समितिको सेप्टेम्बर १, २०१३ मा बसेको बैठकले यही सेप्टेम्वर २९ का दिन वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ I नेकन विगत वर्षहरुमा झैं यस वर्ष पनि यस समितिको आर्थिक तथा अन्य गतिविधिहरूको मूल्यांकन गर्न यस संस्थासंग  आवद्ध सम्पूर्ण साधारण सदस्यहरुलाई साधारण सभामा आमन्त्रण गर्दछ I यसले गत एक वर्षमा गरेका कार्यको  समीक्षा गर्न तथा आगामी कार्यक्रम उपर छलफल गरी अनुमोदन प्रदान गर्नका निम्ति यहाँहरुको भूमिका महत्वपूर्ण रहने छ I  तदर्थ, निम्न स्थान, मिति र समयमा उपस्थित भै आफ्नो बहुमूल्य मत प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु I

स्थान : कंग्रिगेशन वेथ इजरेल

७०१ फार्मिंगटन एभेन्यू

वेस्ट हार्टफोर्ड, कनेक्टिकट ०६११९

मिति : सेप्टेम्वर २९, २०१३ (आइतवार)

समय : अपराह्न २ देखि ५ बजे सम्म

धन्यवाद !
जय कुमार राई
सचिव, नेकोन