No products in the cart.
साधारण सभा सम्पन्न
सेप्टेम्बर २, २०१२
कनेक्टिकट नेपाली समाजको तत्वावधानमा आयोजित चौथो साधारण सभाको कार्यक्रम गत आइतबार २ सेप्टेम्बर २०१२ का दिन वेस्ट हार्टफोर्ड सहरमा सम्पन्न भयो | उक्त सभा मुख्यतया अध्यक्षको वार्षिक प्रतिवेदन २०१२ र २०११ – २०१२ को आय व्यय विवरणमा आधारित थियो | बर्षभरी गरिएका औपचारिक तथा अनौपचारिक कार्यक्रमको जानकारी र भावी अल्पकालीन तथा दीघकालीन योजनाको प्रतिवेदन दिंदै अध्यक्ष श्री सन्तोष लम्सालले संस्थागत विकास तथा प्रशासनिक गतिविधिहरु, नेपाली परम्परा, भाषा र संस्कृतिको विकास सम्बन्धी गतिविधि, स्थानीय समाजमा हित हुने गतिविधिहरु, स्थानीय तथा क्षेत्रीय सम्पर्क विस्तारका गतिविधिहरुको बारेमा प्रकाश पर्नु भएको थियो |
संस्थाका प्रमुख सल्लाहकार श्री गान्धीराज भट्टराईले संस्थाको गुणात्मक क्षमताको विकासमा जोड दिनु भयो |
आर्थिक वर्ष २०१२- २०१३ को आय व्यय प्रस्तुत गर्ने क्रममा कोषाध्यक्ष श्री जितेन्द्र बस्नेतले आय तर्फ ४५,४१५.०० र व्यय तर्फ ३८, ३५५.०० को अनुमानित बजेट पेश गर्नु भयो | उक्त अवसरमा श्री बस्नेतले संस्था चन्दा संकलन, साधारण सदस्यता शुल्कबाट चलेको चर्चा गर्दै यस आर्थिक वर्षको वजेटमा पारदर्शिता अपनाईएको कुरा व्यक्त गर्नु भएको थियो | बजेट प्रस्तुतिको अन्तमा कोषाध्यक्ष श्री जितेन्द्र बस्नेत र सह कोषाध्यक्ष श्री कृष्ण अवस्थीले सदस्यहरुको जिज्ञाषाको उत्तर दिनुभएको थियो | बजेट प्रस्तुतिको अन्तमा कोषाध्यक्ष श्री बस्नेत र सह कोषाध्यक्ष श्री कृष्ण अवस्थीले सदस्यहरुको जिज्ञाषाको उत्तर दिनुभएको थियो |
संस्थाका अध्यक्ष श्री सन्तोष लम्सालले सभापतित्व गर्नु भएको उक्त कार्यक्रम सचिव तेजेश विक्रम मल्लले संचालन गर्नु भएको थियो | संस्थाका उपाध्यक्ष श्री ऋषिकेश भट्टराईले उपस्थित आजीवन तथा साधारण सद्स्यहरुलाई स्वागत गर्नु भएको थियो भने साधारण सदस्यका तर्फबाट श्री शिव न्यौपानेले समितिले राम्रो काम गरेको, यस समाजमा सामन्जस्यता रहेकोले बस्न योग्य भएको र भविष्यको लागि शुभकामना व्यक्त गर्नु भएको थियो| कार्यक्रमा सल्लाहकार समितिका सबै पदाधिकारीको उपस्थिति रहेको थियो |
कार्यक्रमको प्रश्नोत्तर चरणमा सल्लाहकार श्री कृष्ण अधिकारीले साधारण सभा र निर्वाचन एकै समयमा हुनुपर्ने कुरामा जोड दिनु भयो | पूर्व कोषाध्यक्ष श्री प्रल्हाद पनेरुले अनुमानित वजेट सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो | कार्यकारी सदस्य श्री अनुप ओझाले कार्यकारी सदस्यको संख्या घटाउनु पर्नेमा जोड दिनु भयो |