No products in the cart.
तीज २०१४ को रमझम
नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) द्वारा प्रत्येक वर्ष मनाउंदै आएको नेपाली नारीहरुको महान चाड हरितालिका तीज यस बर्ष पनि यहि अगस्ट २४ का दिन भव्यताका साथ मनाइयो I
सम्भवत: अमेरिका मै अत्यधिक ठूलो संख्यामा महिलाहरुको उपस्थिति रहेको उक्त उत्सवमा ज्येष्ठ आमाहरुको पहिचान गरी उहाँहरुलाई विशेष सम्मानका साथ ” खादा ” ओढाएर संस्थाका अध्यक्ष श्री घनश्याम खड्काले अभिनन्दन गर्नु भएको थियो | अभिनन्दित १९ जना आमाहरुको समूहले तीजको गीतमा नाचेर कार्यक्रमको आरम्भ गरिएको थियो I
उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले यस्ता चाडले महिलाहरुमा आफ्नो पनको आभाष दिलाउने कुरा बताउनु भयो भने हाम्रा मौलिक चाड्पर्वहरु मनाउनाले विदेशी भूमिमा बसेका नेपालीहरुमा स्वदेशमा रहनु भएका आफन्तहरुको न्यास्रोपन हट्ने र हाम्रा चाडपर्वहरुको पनि सम्मान र महत्व झल्किने कुरा बताउनु भयो कार्यक्रम संयोजक श्रीमती जमुना पनेरुले महिला दिदीबहिनीहरुलाई हरितालिका तीजको यस पर्वले अटल सौभाग्य प्रदान गरोस् भन्दै नेपाली महिलाहरुको आफ्नै चाड हुनु गर्व गर्ने विषय रहेको बताउनु भयो |
उक्त तीज कार्यक्रममा सहभागी हुनका लागि कनेक्टिकटका विभिन्न शहरबाट महिला दिदीबहिनीहरु आउनु भएको थियो भने तीजको रमाइलो वाताबरणमा सबैले नाचगान गरी भरपुर आनन्द लिनुभएको थियो | सिनियर आमाहरुले यस्तो रमाइलो त नेपालमा पनि गर्न पाइएको थिएन जुन यहाँ नेकोनले आयोजना गरेको तीज महोत्सवमा गर्न पाइयो भनेर मुक्त कण्ठले संस्थाको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो |
कार्यक्रममा आकर्षक ५ ओटा भाग्यशाली उपहार राखिएको थियो | पुरुस्कारको ब्यबस्था विभिन्न दाताहरुबाट सौजन्य स्वरुप प्राप्त भएको थियो भने विजेताहरुलाई उपहार उपलब्ध गर्न सहयोग गर्ने महानुभावहरुकै हातबाट उपहार वितरण गरिएको थियो | तीज कार्यक्रममा उपहार प्रायोजन गर्ने महानुभावहरुमा श्रीमती रमा बस्नेत, श्रीमती कला खड्का, श्रीमती शान्ति अधिकारी, श्रीमती इन्दिरा दाहाल, श्रीमती अञ्जु पाठक एवम् तुलसा खतिवडा हुनुहुन्छ I भाग्यशाली उपहार विजेताहरुमा प्रथम श्रीमती कल्पना हुमागाईं, द्वितीय सरिता न्यौपाने, तृतीय सुश्री सबिना दवाडीहुनुहुन्छ I सान्त्वना पुरस्कार विजेताहरुमा श्रीमती अल्का सिं, श्रीमती सुशिला लम्साल हुनुहुन्छ I
तीजजको रमाइलो गर्न आउनुभएका नेकोनका पाहुना दिदीबहिनीहरु तथा सबैलाई मिष्टान्न भोजनको ” दर ” खुवाइएको थियो भने उक्त स्वादिष्ट परिकार वलिवुड ग्रिल, ग्लास्टनबेरी रेस्टुरेन्टले तयार पारेको थियो |