No products in the cart.
१७ औ पार्क रोड परेड
नेप्लिज एसोसिएसन अफ कनेक्टिकट ( नेकोन) ले यही अक्टोबर 18, 2014 का दिन कनेक्टिकटको वेस्ट हार्ट्फोर्डको पार्क रोडमा भएको ” १७औ पार्क रोड परेड ” मा सहभागी भै त्यहाँस्थित विभिन्न स्थानीय समुदायहरु बिच आफ्नो संस्कृति , भेषभूषा र पहिचान सहितको पहिरनमा करिब सय जनाको समुहमा नेपाली पनको प्रदर्शन गर्न सफल भएको छ ।प्रत्येक बर्ष हुने यस परेडमा एक सय भन्दा बढी विभिन्न सामाजिक संघ संस्था, ब्यापार ब्यवसायी र स्थानीय समुदायले आ-आफ्नो उत्पादन तथा ब्यवसायको प्रदर्शन गर्नुका साथै आ-आफ्नो मौलिक सस्कृति , भेषभूषा एवं बाजागाजा सहितको झाँकी प्रदर्शन गरेका थिए।
सन 1998 देखि पार्क रोड एसोसिएसन र वेस्ट हार्टफोर्ड नगरको संयुक्त तत्वाबधानमा स्थानीय क्षेत्रमा बनेको सुन्दर चौडा सडक , झिलिमिली बत्तीहरु र मनोरम पुष्पवाटिकाले सुसज्जित सडक निर्माण गरिएको उपलक्ष्यमा यो परेड गर्ने प्रचलन रहेको किम्बदन्ती छ भने यसै क्षेत्रमा बसोबास गर्ने हामी कनेक्टिकटवासी नेपाली समुदायको तर्फबाट नेपाली मौलिक संस्कृति,भेषभूषाहरु र बाजागाजा सहितको हाम्रो पहिचान प्रदर्शित भएको यो छैटौं सहभागीता हो।
नेकोनको नेतृत्व र आह्वानमा नेपाली राष्ट्रीय पोशाक र आ-आफ्नो जातीय पहिचान र संस्कृति झल्किने पहिरनमा सजिएर गरिएको यो मार्च पासले विभिन्न देशका आप्रवासी समुदायको बिचमा नेकोनले एउटा छुट्टै नेपाली-अमेरिकी आप्रवासी समुदायको रुपमा बलियो र स्पस्ट छाप छोडन सफल भएको छ। गत बर्षको सेन्सस २०१० (census 2010) सर्भेक्षण अनुसार कनेक्टिकटको वेस्ट हार्ट्फोर्ड टाउन र हार्ट्फोर्ड काउन्टिमा बसोवास गर्ने आप्रवासीहरुमध्येका हामी नेपालीमूलका आप्रवासी सातौं स्थानमा रहेकोले पनि हामी आफ्नो प्रतिष्ठा र गौरव राख्न सफल भएका छौ।
यस महत्वपूर्ण अवसरमा उपस्थित भएका यस टाउनका मेयर स्काट स्लिफ्का, स्टेटका सिनेटर लगायत लब्धप्रतिष्ठित ब्यक्तिहरुले सबै सहभागीहरुलाई समूह र समुदायको उच्चारण गरी हात हल्लाउँदै स्वागत अभिवादन गरिएका थिए ।
नेकोनका अध्यक्ष श्री घनश्याम खड्काले परेडको समापन पश्च्यात सहभागी हुनुभएका सम्पूर्ण सदस्यहरुलाई नेकोनको तर्फबाट हार्दिक धन्यवाद दिनुभएको थियो भने आउँदा दिनहरुमा पनि नेकोनका हरेक कार्यक्रमहरुको सफलताको लागि यस्तै सहभागिता र समर्थनको अपेक्षा राख्छ भन्नु भएको भएको थियो। त्यसैगरी नेकोनकालागि पार्क रोड परेडका संयोजक नेकोन कार्य समिति सदस्य श्री धन बहादुर सिंहले यस कार्यक्रममा आवश्यक ब्यवस्था गर्नकोलागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबै सहयोगी र सहभागी महानुभावहरुलाई हृदयदेखि नै धन्यवाद दिनुभएको थियो।