सम्पूर्ण गतिविधीहरु

बाल कविता-२

कलकल पानी पिउछौँ हामी
खलखल पसिना आउँछ नानी
गमगम खाना छिटो खाऊ
घर्घर चर्खा शीघ्र चलाऊ
ङ ङ नाँके बोली हटाऊ ||

चमचम मीठो हुन्छ ल खाऊ
छमछम नाची नाच देखाऊ
जम जम आई झर्को नलाऊ
ञ – ञ भन्दै वर्ण बुझाऊ ||

टप टप टिप्तै छोगड़ा सानी
ठमठम गर्दै आउँछिन् नानी
डमडम डमरु शिवको बाजा
ढकमक फूलभो पुज्छु आज ||

कणकण व्यापक ईश्वर हुन्छ
तलबलतलबल गर्छ यो केटो
थरथर दु:खी कामिरहेको
दर्दर पानी पर्छ सधैं नैं
धरधर धारा बग्छ यसै नैं
नम: नम: भन्दै पूजा गर्नु ||

परपर सर्छ फर्सी लिएर
फर्फर झण्डा खुसीले हेर
भनभन सानी को हो नानी
मनमन गुन्छ केही नजानी ||

यज्ञ कसरी गर्नु कहिले
रमझम चाड हुन्छ जहिले
लतपत काम गर्नु हुँदैन
वरपर सबलाई भुल्नु हुँदैन ||

शक्तिमाता दुर्गालाई
सरिफा आज भोग लगाई
षट्कोणमा पूजा गर्छौं
सरिता जस्तै निर्मल बग्छौँ ||

हरहर शंकर आशिष देऊ
क्षमाभाव लौ तिमी भरिदेऊ
त्रास सबैको सजिलै भागोस्
ज्ञान गुरुको सबमा लागोस् ||

– लक्ष्मी ओझा