सम्पूर्ण गतिविधीहरु

यस हप्ता नेपाली कक्षामा

08.18.2012
आजको नेपाली कक्षा विशेष शिक्षकको रूपमा श्री अर्जुन दाहालले संचालन गर्नु भएको थियो | असल कम र खराव कामको वारेमा विविध पाठ्य सामग्रीको प्रयोग गर्दै संचालित उक्त कक्षाले विद्यार्थीमा असल कामको प्रतिफल सवैद्वारा स्वागतयोग्य हुने र खराव काम कसैद्वारा नरुचाइने यथार्थ बुझाउन श्री दाहाल सफल हुनुभएको थियो | असल कामको नतिजाबाट मानव सुखी रहने तथा खराव कामबाट सधैं पिडित हुनु पर्ने उहाँको मुख्य आशय थियो |

अभिभावकहरुको अनौपचारिक छलफलमा श्री जय राईले तीस प्रतिशत सर्वेक्षण फारम फिर्ता नआएको कुरा बताउनु भएको थियो | स्मरणीय छ उक्त फारम केही हप्ताअघि अभिभावकको राय संकलन गर्ने उद्देश्यले विद्यार्थी मार्फत् घर घरमा पठाईएको थियो | उहाँले फारम फिर्ता गर्न बाँकी अभिभावकलाई आउंदो हप्ता सम्ममा बुझाउन आग्रह गर्नु भयो |

यस हप्ताको खाजाको लागि श्री ऋषिकेश भट्टराई तथा श्री घनश्याम खड्काले आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो |