No products in the cart.
पाठशालामा अर्को एक दिन
नेपाली पाठशालाले यसको उद्देश्य अनुरुप सकारात्मक फड्को मारेको सजिलै देख्न सकिन्छ | यसमा संचालक समूह, शिक्षिका, स्वयम् सेविका तथा अतिरिक्त शिक्षक/ शिक्षिकाहरुको अथक् प्रयत्नले महत्वपूर्ण भूमिका खेलेको छ |
विद्यार्थीहरुलाई नेपालको विविध विषयमा जानकारी दिने उद्देश्यले श्री आशिष हुमागाईंले यस हप्ताको विशेष शिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो | पहिलो चरणमा नेपालको भौगोलिक चिनारी दिंदै दोश्रो चरणमा पर्यटन सम्बन्धी विविध जानकारी दिनुभएको थियो | श्रव्य दृश्य सामाग्रीको सहायताले संचालन गरिएको उक्त कक्षा अत्यन्त रोचक रहेको थियो |
यस हप्ताको खाजाकोलागि श्री गोपाल पोखरेल र श्री गणेश अर्यालले आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो |