सम्पूर्ण गतिविधीहरु

दीक्षान्त समारोह – २०१२

कनेक्टिकटमा नेपाली भाषा कक्षा सम्पना: दीक्षान्त समारोहमा विद्यार्थीहरु रमाए

विदेशमा बस्ने नेपालीहरुले आफ्नैं प्रकारले नेपाली भाषा र संस्कृतिको जगेर्ना गरिरहेका छन् | एस क्रममा कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा कनेक्टिकटको वेस्ट हार्टफोर्डमा संचालित नेपाली भाषा कक्षा उदाहरणीय रहेको छ गत जून २३ देखि हरेक शनिवार दुई घन्टाकोलागि संचालित उक्त कक्षा करिव तीन महिना पछि सेप्टेम्बर १५ मा सम्पन्न भयो | स्थानीय अभिभावक तथा समाजसेवीहरुको सक्रियतामा यो ऐतिहासिक कदम सम्पन्न भएको हो |श्री जय कुमार राईको संयोजकत्वमा गठन गरिएको उप समिति र श्रीमती सावित्री मिश्र तथा श्रीमती लक्ष्मी ओझाको कुशलताले भाषा कक्षाको स्वरूप उज्ज्यालिएको थियो |

नेपाली भाषा कक्षाको पहिलो चरणको समाप्तिसंगै १५ सेप्टेम्बर २०१२ का दिन दीक्षान्त समारोहको आयोजना गरिएको थियो | २९ जना विद्यार्थीहरु, अभिभावक र नेपाली भाषा, कला र संस्कृतिका शुभचिन्तकहरुको राम्रो उपस्थिति रहेको सो कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. हरि कोइराला हुनुहुन्थ्यो | नेकोनका सभापति श्री सन्तोष लम्साल द्वारा सभापतित्व गरिएको उक्त कार्यक्रममा स्टोर्स तथा न्यु हेवनदेखिका अभिभावकको उपस्थिति रहेको थियो |

नेकोनका प्रमुख सल्लाहकार डा. गान्धीराज भट्टराईले पाठ्यक्रम निर्माण देखि कक्षा संचालन गर्दाका अनुभव व्यक्तगर्दै यस भाषा कक्षालाई परिमार्जन गरी अभिभावकहरुको प्रत्यक्ष सहभागितामा पुन: संचालन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो |

नेपाली भाषा कक्षा संचालन उपसमितिका संयोजक श्री जय कुमार राईले विद्यार्थी, अभिभावक र विद्यालय संचालनमा आर्थिक तथा भौतिक सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो |

प्रमुख अतिथि प्रा. डा. हरि कोइरालाले आफु सन् १९९१ मा आफुले कलेजमा नेपाली बोल्ने कोही नपाउँदाको दुखेसो पोख्नुकासाथै यस भाषा कक्षाको सराहना गर्दै विद्यार्थीहरुलाई यसको उपलव्धीकोलागि वधाई दिनु भएको थियो |

अभिभावक श्रीमती शर्मिला हुमागाईंले नेपाली पनलाई जीवित राख्ने सामाजिक गतिविधिहरुमा आफु सधैं सरिक रहने कुरा बताउनु भयो भने अर्का अभिभावक श्री घनश्याम खड्काले भौगिलिक सीमाले नेपालीहरुको आस्थालाई रोक नलगाउने कुरा व्यक्त गर्नु भयो |
सभाको समापन गर्दै नेकोनका सभापति श्री सन्तोष लम्सालद्वारा नेकोनले यस्ता गतिविधिहरुलाई उच्च प्राथमिकता दिने संदेश दिनुभएको थियो |

यस महत्वपूर्ण कार्यक्रमको प्रतुति श्रीमती रेखा गौतमले आकर्षक शैलीमा गर्नु भएको थियो |

National Anthem of Nepal (with lyrics) – नेपाली राष्ट्रिय गीत