सम्पूर्ण गतिविधीहरु

धन्यवाद ज्ञापन

अप्रिल १३, २०१४ का दिन यस नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकोन) ले नयाँ बर्ष २०७१ को उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । जन्मभूमीबाट टाढा भए पनि सबैको सहभागीता बीच हामीले विक्रम सम्वत् २०७१ शुमकामना आदान प्रदान र स्वस्थ्य मनोरन्जन तथा प्रतिभा प्रस्तुतिले कार्यक्रमलाई सफल बनाएको हो र यही परम्परालाई नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकोन)ले निरन्तरता दिंदै आएको छ । यस्ता गतिविधिहरुले सदस्यहरु बीच भातृत्व अभिवृद्धि गर्नुका साथै सम्बन्ध प्रगाढ बनाउन थप मद्दत
पुग्दै आएको छ ।

कार्यक्रममा युएनकालागि नेपालका स्थाई प्रतिनिधि महामहिम राजदूत दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यले नेकोनको गरिमा बढेको छ | त्यस्तै एशिया प्रशान्त क्षेत्र मामिला सम्बन्धी आयोगका सदस्य श्री डा. विलियम हावी, ग्रेटर बोष्टन नेपाली कम्युनिटीका अध्यक्ष, हिमालयन लायन्स क्लब अफ बोष्टनका अध्यक्ष, भुट्नीज कम्युनिटी अफ कनेक्टीकटका अध्यक्ष एवं न्यूयोर्कबाट पाल्नु भएका कानूनविद् श्री खगेन्द्र जीसीको गरिमामय उपस्थितिले हामीलाई ठूलो हौसला प्रदान गरेको छ । उहाँहरुको उपस्थिति एवं शुभकामना मन्तब्यको लागि आभार सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछु । त्यसै गरी अन्य अतिथिरुको उत्साहजनक उपस्थितिले पनि कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नेकोनका प्रमुख सल्लाहकार तथा कनेक्टिकट चौतारीका प्रमुख सम्पादक डा. गान्धी भट्टराई तथा अन्य सहयोगीहरुको अथक प्रयासद्वारा प्रकाशित नेकोनको मुख पत्र “कनेक्टिकट चौतारी” अंक २ को निम्ति उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । जसको प्रयास विना मुख पत्रको प्रकाशन असम्भवप्राय: छ |

नयाँ वर्षको यो कार्यक्रम भब्यरुपमा सफल बनाउन संस्थाका सल्लाहकारहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु, कार्यसमितिका सबै साथीहरु,
कलाकार भाइबहिनीहरु , प्रशिक्षकज्यू, सांस्कृतिक समिति, नयाँ बर्ष कार्यक्रम ब्यवस्थापन समिति एवं संयोजक श्री तेजश मल्ल, कार्यक्रम प्रस्तोताद्धय श्री अर्जुन दाहाल र श्रीमती सरस्वती श्रेष्ठलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । त्यसैगरी औपचारिक कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संस्थाका सचिव श्री जय राई, सह सचिव तथा संस्कृतिक कार्यक्रमका निर्देशक श्री रोमी योन्जनलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

स्वादिष्ट भोजन व्यवस्थापनका लागि बम्बे ऑलिव रेष्टुरेन्ट, हल ब्यवस्थापनका लागि सीबीआई, भिडियो एवं ब्यवस्थापनका लागि श्री शम्भू मोक्तान,
लाईभ डिजे व्यवस्थापनका लागि ८४ इष्ट ब्याण्ड तथासांस्कृतिक कार्यक्रममा प्रस्तुत गर्नुहुने भुटनीज कम्युनिटीका सहभागीहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यो कार्यक्रम सफल बनाउन प्रत्यक्षएवं परोक्ष भूमिका खेल्नुहुने सबै हानुभावहरुलाई नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकोन) को तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु |

भवदीय,

घनश्याम खड्का
अध्यक्ष,
नेप्लीज एशोसियसन अफ कनेक्टीकट (नेकोन)