सम्पूर्ण गतिविधीहरु

नयाँ वर्ष कार्यक्रम २०७१

– नेकोन सम्बाददाता

विश्व भरी रहेका नेपालीहरु नयाँवर्ष २०७१ मनाउने क्रममा छन् । नयाँवर्षको दिन अघिल्ला केही हप्तादेखि  पछिल्ला केही हप्तासम्म शुभकामनाका सन्देशहरु तथा  सांस्कृतिक कार्यक्रमका रङ्गहरुले भरिएको देखियो अनी सुनियो । कनेक्टिकट बासी नेपालीहरुले पनि आफ्नो परम्परालाई कायम राख्दै हरेक वर्ष मनाउँदै अएको नयाँ वर्ष, यसपटक पनि नेपाली  नयाँ वर्ष २०७१ धुमधाम सगँ मनाए । संयुक्त राष्ट्रसंघकालागि  नेपालका स्थायी प्रतिनिधि  माहामहिम राजदूत  दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्य  र छिमेकी शहर तथा राज्यका विभिन्न संघ संस्थाका  प्रतिनिधिहरुको उपस्थितिमा करिव ४००  को संख्यामा उपस्थित दर्शकहरुका माझ  नयाँवर्ष कार्यक्रम  सम्पन्न भएको छ । नेप्लीज एसोसियसन अफ कनेक्टिकटका अध्यक्ष श्री घनश्याम खड्काको अध्यक्षतामा सम्पन्न  सो कायक्रममा संस्थाका उपाध्यक्ष श्री तेजस विक्रम मल्लले उपस्थित प्रमुख अतिथि, अतिथि तथा सम्पूर्ण दर्शकमहानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।  प्रमुख अतिथि   महामहिम  राजदूत भट्टराईद्वारा  नेकोनको मुख पत्र  कनेक्टिकट चातारीको दोश्रो अंकको  विमोचन  गर्दै   स्थानीय  स्तरका सुविधाहरु  लिन सकेमा हाम्रो समाजलाई ठूलो टेवा मिल्ने विचार  व्यक्त गर्नु भएको थियो ।

नेकोनका प्रमुख सल्लाहकार तथा कनेक्टिकट  चौतारीका प्रमुख सम्पादक डा. गान्धीराज  भट्टराईले  कुनै पनि संस्थाको दिगो विकासका लागि सक्रिय संचारको ठूलो भूमिका हुने विचार राख्दै मुखपत्र मार्फत्  नियमित रुपमा संस्थाको गतिविधिहरुलाई पारदर्शी ढंगले प्रस्तुत गर्न सकेमा सदस्यहरुमा संस्था संचालकहरु तथा संचालन प्रक्रिया प्रति विश्वासको वातावरण श्रृजना गर्ने र  संस्थागत विकास र बढ्दो गतिविधिसंगै सूचना प्रवाहको महत्व अझ बढ्ने कुरा व्यक्त गर्नु भयो  ।
अधिवक्ता  श्री खगेन्द्र जीसीले पनि   नयाँ बर्षको शुभकामना सहित  आफ्ना विचारहरु र राख्नुभएको थियो । Asia Pacific Affairs Commission  का अध्यक्ष Dr. William Howe ले  एसियालीहरुको बीचमा एकता र सहयोगको वातावरण सृजना गर्न एक अर्कामा अन्तरक्रिया गर्न आवश्यक भएको कुरामा जोड  दिनुभएको थियो । वेस्ट हार्टफोर्ड नगरका नगर प्रमुख श्री Scott Slifka द्वारा प्रेषित शुभकामना मन्तव्य   संस्थाका सचिव श्री जयकुमार राईले पढेर सुनाउनु भएको थियो । कार्यक्रममा समुदायलाई उच्चतम  योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा श्री अनिल कन्वर, श्री कृष्ण अवस्थी, श्रीमती सुशीला  लम्साल,  श्री रमेश के.सी., श्री कृष्ण अवस्थी, श्री रामकाजी तामांग (प्रसिद्ध पर्वतारोही), तथा नेकोनका नव आजीवन सदस्य श्री अर्जुन खड्कालाई सम्मान गरिएको थियो ।
 कार्यक्रमका  सभापति तथा संस्थाका अध्यक्ष श्री घनश्याम खड्काले नववर्षको शुभकामना व्यक्त गर्ने क्रममा प्रस्तावित वहुउद्देश्यीय सांस्कृतिक केन्द्रको अध्यन समिति गठन भए पश्चात् भवन निर्माणमा सहयोग गर्न हार्दिक अपिल गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो |
सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न किसिमका जातजातीको पहिचान दिने जातीय  पोशाकहरुको प्रस्तुति  गरिएको थियो भने  आरम्भमा  कलाकारद्वय लक्ष्मी बजगाईं र केशव दाहालको ”देशले रगत मागे…” नामक राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतबाट भएको थियो | जेनी , जेनिथ ,  ममता  र अनुरागीको ” तिम्रो लागि…” नृत्यले दर्शकबाट पहिलो ताली पाएको थियो | मैत्रेयीको “सपना भई आँखामा…” र सुभेक्षा  र समीक्षा  को ” नाचूँ नाचूँ …” बोलका नृत्य दर्शकको प्रशंशा पाएका थिए | ” छातीमा मेरो यो छोटो भोटो…” गीतमा नृत्य गर्नेहरुमा रिजेश , सफल , जोजो, लिजा , रोजित   र कारमेल  थिए | अन्सुया को ” कालीपारी दाइ कति राम्रो…” गीत मनोरम थियो | अनुपाले  “सुनकोशीले सुसेलेको…” गीतमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी थियिन् भने ” जोडेको नाता तोडेर गयौ…” बोलको गीतमा गायक केशवले आफ्नो सुरिलो कण्ठ खोलेका थिए | ” लहनाले जुरोकी…” भन्ने गीतमा भुटानी समुदायका लीला, विष्णु, पवि, उमा, रोहिणी र करुणाले नृत्य गरेका थिए | ” मोहनी लाग्ला है…” गीतम  मिलन र लीलाले संयुक्त रूपमा गाएक थिए भने मिलनले अर्को एकल गायन पनि प्रस्तुत गरेका थिए | ” डाँफे झैं नाच्ने हिमाल झैं हास्ने नेपालकी छोरी हूँ म …” गीतमा पूजनले जोडदार प्रस्तुति दिएकि थियिन | आरतीको ” किन बढ्दै छ ढुकढुकी…” नामक नृत्य बेजोड थियो | अर्को सुन्दर नृत्य “अहिले लाने मलाई…” अनुषाले प्रस्तुत गरेकी थियिन | ८४ ब्याण्डका विमल, दीपक र उत्सवले लगातार ४ ओटा गीतहरु प्रस्तुत गरेका थिए | सफल, जोजो र रिजेशले  अर्को राम्रो अभिनय ” कालको पानी रक्सि गनायो..” मा प्रस्तुत गरेका थिए |  अन्तमा जेनीको “मेरो गीत” नामक कुशल नृत्य पश्चात् डिजे आरम्भ भएको थियो |
कार्यक्रम श्री रोमी योञ्जन, श्री अर्जुन दाहाल तथा श्रीमती सरस्वती श्रेष्ठले संचालन गर्नु भएको थियो |