सम्पूर्ण गतिविधीहरु

Resume Writing Workshop

जनवरी १२, २०१४ । नेप्लिज एशोसिएसन अफ कनेक्टिकटले नयाँ वर्षको शुरुवातसंगै विविध कार्यक्रमहरु एकैसाथ सम्पन्न गरेको छ । जस अन्तर्गत, रेजुमे राइटिङ्ग वर्कशप, एशियन प्यासिफिक अमेरिकन कमिशनका चेयरम्यानसंग काम, व्यापार तथा रोजगारको विषयमा अन्तरक्रिया र हेल्थ इन्स्योरेन्स सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न भएका छन् ।कार्यक्रमको सभापतित्व नेकोनका अध्यक्ष श्री घनश्याम खड्काले  गर्नुभएको थियो । यस कार्यक्रममा रेजुमे राइटिङ्ग वर्कशपको सरलीकरण (facilitation) युनिभर्सिटी अफ कनेक्टिकटबाट डा. विद्या रन्जितले गर्नुभएको थियो भने एशिया प्यासिफिक अमेरिकन कमिशन कनेक्टिकट च्याप्टरका चेयरम्यान डा. विलियम हावीले अमेरिकामा एशियनहरुको पेशा, ब्यापार, व्यवसायको बारेमा प्रकाश पार्नुभएको थियो ।  उपस्थित सहभागीहरुले डा. हावीसंग सो सम्बन्धी अन्तरक्रिया गरेका थिए  भने अन्तिम कार्यक्रम स्वास्थ्य वीमा (health insurance) सम्बन्धी सूचना  नेकोनका सल्लाहकार श्री कृष्ण प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

यस कार्यक्रमको संयोजन तथा संचालन श्री राज कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकोनका सचिव श्री जय कुमार राईले राख्नुभएको थियो। ७५ जना उपस्थित सो कार्यक्रममा नेकोनका अध्यक्ष श्री घनश्याम खड्काले आजको प्रतिष्पर्धात्मक युगमा आकर्षक रेजुमेको महत्व, हेल्थ इन्स्युरेन्सको आवश्यकता जस्ता कुराहरुमा प्रकाश पार्नुभएको थियो ।

यस कार्यक्रमको लागि यस संस्थाका अध्यक्ष श्री घनश्याम खड्का, पूर्व अध्यक्ष श्री सन्तोष लम्साल तथा सदस्य चेतन खड्काले नगद सहयोग गर्नु भएको थियो भने संस्थाका सल्लाहकार श्री गणेश अर्याल एवं  सदस्य अर्जुन देवकोटाबाट खानाको प्रयोजन गरिएको थियो । त्यस्तै सदस्य श्री प्रकाश ठाकुरबाट आंशिक स्टेशनरीको सहयोग प्राप्त भएको थियो ।

यसै कार्यक्रममा नेकोनका सदस्यहरुलाई भविष्यमा रेजुमे राइटिङ्गमा निरन्तर सहयोग जारी राख्नको लागि नेकोनका निम्न सदस्यहरुसमेतको समूह खडा गरिएको छ । जसमा प्रभा पोख्रेल, सीता पोख्रेल, अभिजीत श्रेष्ठ, सजन श्रेष्ठ, मधु अर्याल, स्वीकार के.सी. र अनुप ओझा हुनुहुन्छ ।

डि. सी. नेपालमा छापिएको समाचार

 Please contact the following individuals for any kind of assistance in resume writing.1. Prabha Pokhrel, prabha.pokhrel@gmail.com
2. Sita Pokhrel, sita.pokhrel @gmail.com
3. Madhu Aryal,aryalms@gmail.com
4. Sajan Shrestha,shrestsn@gmail.com
5. Abhi Shrestha,abhijeet8693@gmail.com
6. Sweekar K.C,sweekar.kc@gmail.com
7. Anup ojha, anup.ojha@gmail.com
 
प्रकाशकको नोट: पाठक वृन्द, यस कार्यक्रम तथा समाचार सम्वन्धि कुनैपनि टिप्पणी भए तलको Leave a comment मा क्लिक गरी लेख्न सक्नु हुनेछ | धन्यवाद!